Friday, February 4, 2011

शेर्पाको बारेमा

 

यो साईट शेर्पा समुदायको इतिहास, संस्कार, परम्परा संस्कृति भेषभूषा र भाषाको खोजी गरी अभिलेख कायम गर्ने उदेष्यले निर्माण गरिएको हो। विश्वको विभिन्न क्षेत्रमा रहेका शेर्पा जातिका विभिन्न थर तथा समुदायको इतिहासको खोजि तथा अनुसन्धान गरि हाम्रा भावि पिडीको निमीत्त शेर्पाको प्रमाणीत इतिहास तयार गरी राखनु हो ।

शेर्पा जातिको बारेमा एक अध्ययन यो साइट शेर्पाहरुको भाषामा भएका विविधतालाई ध्यानमा राखी तयार गरिएको छ । भौगोलिक वनावट र समयको अन्तारलसँगै भाषामा पनि विविधता हुनु स्वभाविकै हो । शेर्पाहरुको शेर्पा भाषाको उद्गम स्थल भनेको हिमाली क्षेत्र भए पनि देशका विभिन्न ठाउँमा छरिएर रहेका शेर्पा जातिहरुको भाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले  साइट तयार गरिएको छ ।

यसमा समेटिएका शब्दहरु विभिन्न कारणले गर्दा फरक अर्थ वा बुझ्न नसकिन्ने हुन जान्छ भन्ने कुरालाई मध्यनजर राखी सकेसम्म सबैले बुझ्ने शेर्पा भाषाका शब्दहरु संकलन गरि नेपालीमा प्रस्तुत गरिएको छ । शेर्पाहरुका लागि विशेषता शेर्पा भाषा कै आवश्यकता र एकरुपता नभएको पाईएकोले शेर्पा भाषाको शुद्धता र एकरुपताका लागि Sherpa News जन्म भएको हो ।

यस साइटमा शेर्पा जातिले दैनिक जीवनमा प्रयोग गर्ने भाषाका अत्यावश्यक शब्दवर्ग र संस्कारको सम्पूर्ण पक्षहरुलाई समेट्ने प्रयास गरिएको छ । तसर्थ सम्पूर्ण शेर्पा जातिहरुले आफ्नो भाषा, संस्कृति, परम्परा, भेषभूषा र संस्कारको बारेमा आवश्यक जानकारी राखनेको लागि यस साइट अत्यन्तै उपयोगी हुनेछ भन्ने आशा राखिएको छ ।
जन्म सम्बन्धि संस्कार

शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नया बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरीन्छ ।
बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरुको नामको आधारमा गरीन्छ जस्तो निमा, दावा, मिङमार, ल्हाक्पा, फुर्वा, पासाङ र पेम्बा । यसले गर्दा बहुसंख्यक शेर्पा पुरुष र नारीको नाम आपसमा मिल्छ। न्वारन गरिने बच्चाको अघिल्लो दाज्यु वा दिदीको अल्पायुमा मृत्यु भएको रहेछ भने सो बच्चाको नाम शेर्पा नाम संग नमिल्ने गरी राखने चलन छ जस्तै कामे, सार्की, दोमे आदि।
नानीको न्वारानमा आफ्ना नातागोताहरु, साथीहरु र छिमेकीहरु जम्मागरि भोज खुवाउने चलन छ । नानीको न्वारानमा आएकाहरुले पनि नानीको लागी कोसेली वा खाम्मा केही रकम राखी बच्चाको हातमा दिई मुख हेर्ने र बच्चा तथा बच्चाको आमा बाबुलाई खता लगाई दिने चलन छ । शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन । गाउँघर तिर न्वारान गर्दा लामो रुखको बिरुवा ल्याई सो मा धजा टाँगी छोरा भए घरको मुल ढोकाको दायाँ तिर र छोरी भए बायाँतिर गाडने चलन छ, यसलाई गोतर भनीन्छ ।